डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु

धनगढी । डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ । सिलगढी नगरपालिका–१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट खसेर आदर्श गाउँपालिका–२ को कुचेडाका ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको हो ।

जीप पछाडी ढालामा बसेको अवस्थामा खसेर घाइते भएका उनको शैलेश्वरी अस्पतालमा उपचारकै क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जीप र चालक आदर्श गाउँपालिका–३ नुवाकोट बस्ने २३ वर्षीय विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


१९ चैत २०८१, मंगलवार १४:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु