नो केबलकार समूह र प्रहरीबीच शनिबार साँझ फुङलिङमा झडप, आठ जना घाइते

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार’ समूह र प्रहरीबीच शनिबार साँझ फुङलिङ बजारमा झडप भएको छ।

नो केबलकार समूहले राँके जुलुस निकालेपछि त्यसलाई रोक्न खोज्दा झडप भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका  अनुसार झडपमा आठ जना प्रहरी घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।आन्दोलनकारीबाट पनि केही व्यक्ति घाइते भएका छन् ।

ताप्लेजुङमा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले राँके जुलुस निकालेर प्रहरी र स्थानीयका घरमै राँको फालेका थिए ।


११ फागुन २०८१, आइतवार ००:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु