बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

बैतडी। बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः५४ बजे भूकम्प गएको हो।

बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ।

 


१६ पुस २०८१, मंगलवार ११:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु