६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको सुन आज प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।


११ पुस २०८१, बिहीवार १३:२८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु