सुदूरपश्चिम महोत्सवमा डस्टबिनका रूपमा डोको प्रयोग

धनगढी। सुदूरपश्चिम महोत्सवमा डस्टबिनका रूपमा डोको प्रयोग गरिएको छ। महोत्सवमा संघले यस बर्ष देखि डस्टबिनका रूपमा डोको प्रयोगमा ल्याएको हो ।

स्थानीयस्तरमै सहजै पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा सरसफाइमा सहयोग पुग्नुका साथै स्थानीय स्रोतसाधनले बजार पाउने र महिलाहरुले समेत रोजगारी पाउने संघका अध्यक्ष पुष्प राज कुवँर बताए ।

संघले स्थानीयस्तरमा उत्पादित सामाग्रीहरु टिम्मुर , कोदो ,फापर लगायतलाई मायाको चिनोको रुपमा महोत्सवमा उपस्थित अतिथिहरुलाई प्रदान समेत गर्दै आएको छ।


४ पुस २०८१, बिहीवार १९:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु