घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तोलामा सात सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुनको तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सुन तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।


३ पुस २०८१, बुधवार १२:५० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु