तोलामा १६ सय रुपैयाँले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार आज तोलामा एक हजार ६०० रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ५० हजार ९ सय रुपैयाँमा सुन कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा एक हजार ८४५ रुपैयाँ पुगेको छ ।


१४ मंसिर २०८१, शुक्रवार ११:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु