चरेश मुद्दामा फरार रहेका डडेल्धुराका एक जना पक्राउ

डडेल्धुरा। चरेश मुद्दामा फरार रहेका डडेल्धुराका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराका फैसलाले लागू औषध (चरेश) मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकेपछि फरार रहेका अमरगढी नगरपालिका–४ बस्ने ५३ वर्षीय खगेन्द्र राज भट्ट पक्राउ परेका हुन्। भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ गरेको जनाएको छ।

 


१४ मंसिर २०८१, शुक्रवार ११:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु