सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ।
आज सुन प्रतितोला ९ सयले बढेको छ । सोमबार झण्डै १६ हजारले बढेको सुन हिजो मंगलबार २ हजार ७ सयले घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधबार छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।
१२ मंसिर २०८१, बुधवार ११:१२ बजे प्रकाशित