तोलामा २६ सय रूपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ६ सय रूपैयाँले घटेको हो । मंगलबार सुन तोलाको १ लाख ४८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलामा १५ हजार ९ सय रूपैयाँले घटेको थियो । सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी
गिरावट आएको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २५ रूपैयाँले घटेर १ हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


११ मंसिर २०८१, मंगलवार ११:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु