रुखले लागेर गम्भीर घाइते भएका दुई जनाको हवाई उद्धार

बाजुरा।बाजुरामा विद्युतको लाइन विस्तार गर्न रुख कटान गर्ने क्रममा कटान गरेको रुखले लागि गम्भीर घाइते भएका दुई जनालाई हवाई उद्धार गरिएको छ।

हिमाली गाउँपालिका ३ बिच्छ्यामा विद्युतको लाइन विस्तार गर्न रुख कटान गर्ने क्रममा कटान गरेको रुखले लागि गम्भीर घाइते भएका उनीहरुलाई सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको नेपाली सेनाले जनाएको छ।

 


१० मंसिर २०८१, सोमवार १५:१४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु