कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं।काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। गएराति पौने ११ बजे भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ।

काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेका छन्।

तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन।

 


७ मंसिर २०८१, शुक्रवार ०७:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु