प्रसाईँलाई अदालतमा पेस गरिँदै
काठमाडौं । प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतमा पेस गर्दै छ।
मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईँलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउने अनुमतिका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गर्न लागेको हो।
प्रसाईँमाथि लिखतसम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबार (साइबर) अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीको तयारी छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेर वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ।
प्रसाईँ दुई महिनामा दोस्रोपटक फौजदारी कसुरको अनुसन्धानका लागि पक्राउ परेका हुन्। यसअघि गत असोज ६ गते पनि साइबर अपराधमै पक्राउ परेका थिए। उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालतबाट उनी १ लाख धरौटीमा छुटेका हुन्।
४ मंसिर २०८१, मंगलवार १५:२८ बजे प्रकाशित












