धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
धनगढी। सुदुरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज मंगलबार धनगढीमा सुरु भएको छ । गोष्ठीको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका छन्।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन ऎन चाँडै आउने बताएका छन् । मन्त्री लेखकले प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन समेत दिएका छन् ।
नेपाल सरकार गृहमन्त्रालय र सुदुरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित गोष्ठीमा सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको छ ।
गोष्ठीमा गृहमन्त्री लेखकले सुदूरपश्चिममा भारतीय सीमा क्षेत्रबाट लागूऔषध ओरापसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
४ मंसिर २०८१, मंगलवार १२:०२ बजे प्रकाशित












