प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जानकारी दिएको छ ।

अस्वस्थ भएकाले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन ।


२० कात्तिक २०८१, मंगलवार १५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु