छविलाल जोशीलाई अदालत लगियो
काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अदालत लगिएको छ ।
कास्की प्रहरीले उनीसहित लीला पछाइ र रामबहादुर खनाललाई पनि म्याद थपको लागि आज जिल्ला अदालत कास्की लगिएको छ ।
यही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पनि आजै म्याद थपको लागि अदालत पेस गरिँदै छ ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो ।
२० कात्तिक २०८१, मंगलवार १०:४० बजे प्रकाशित













