कञ्चनपुरबाट एकैदिन २३ जना जुवाडे पक्राउ, पाँच लाख बढी नगद बरामद

कञ्चनपुर । कञ्चनपुरबाट एकैदिन २३ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका -१ बराकुण्डा रौटेला स्थित रौटेला खोला किनार स्थित झाडी भित्रबाट जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका- ४ बस्ने २९ वर्षीय राजेन्द्रबहादुर शाहसहित १३ जना पक्राउ परेका हुन्।

यी १३ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ४ लाख ७४ हजार ९८ र १४ गड्डी ताससहित पक्राउ गरेको हो।बेदकोट नगरपालिका- ७ सुडा स्थित ३९ वर्षीय अमर सिंह धामीले संचालन गरेको न्यु हाइवे वाइन्स एण्ड क्याफेमा जुवातास खेलिरहेको अवस्थामा धामीसहित ४  जना पक्राउ परेका छन्। यी चार जनालाई पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद २६ हजार २५० र ३ गड्डी ताससहित पक्राउ गरेको हो। यसैगरी दोधारा चाँदनी नगरपालिका- १ भुमीराज टोल स्थित सुरेश गिरीको मानिस नबस्ने घरबाट सोही ठाउँ बस्ने ४० वर्षीय गोपाल सुनारसहित ६ जना जुवाडे पक्राउ परेका हुन्। यी ६ जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले नगद २५ हजार १७५ र १ गड्डी ताससहित पक्राउ गरेको हो। बुधवार पक्राउ परेका २३ जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


१५ कात्तिक २०८१, बिहीवार ११:०७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु