सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, तोलामा १५ सय रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।  अघिल्लो कारोबार दिन सोमबार ४ सय रुपैयाँले घटेको सुन आज १५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६८ हजार ५०० कायम भएको छ।
सोमबार सुन प्रतितोला १ लाख ६७ हजारमा खरिदबिक्री भएको थियो। त्यसअघि आइतबार प्रतितोला सुन १ लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार  प्रतितोला चाँदी २ हजार ६५  रुपैयाँमा खरिदबिक्री भएको थियो।

 


१३ कात्तिक २०८१, मंगलवार १३:०० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु