कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनाम हुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका- ७ करैचामा से७प ९११२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी-११ का २६ वर्षीय सुमन कठरीयाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी  कैलालीका अनुसार कठरीया दुर्घटनामा परी घटनास्थलमै मंगलबार बिहान मृत अवस्थामा पाइएका थिए । उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


१३ कात्तिक २०८१, मंगलवार १२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु