बागलुङमा बाबुले गरे ६ वर्षीय नाबालक छोरालाई भीरबाट फालेर हत्या
बागलुङ । बागलुङमा एक बाबुले आफ्ना ६ वर्षीय नाबालक छोरालाई भीरबाट फालेर हत्या गरेका छन् ।
जिल्लाको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले आफ्ना ६ वर्षीय छोरा किस्मतलाई मंगलबार साँझ भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए ।
केशवले बागलुङ नगरपालिका–३ को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
किस्मत घटनास्थलबाट २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । प्रहरीले हत्यामा संलग्न केशवलाई मंगलबार साँझै नियन्त्रणमा लिएको छ ।
३० असोज २०८१, बुधवार १०:५६ बजे प्रकाशित













