प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपतिबाट टीका जमरा
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन् । शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट विजयादशमीकोटीका र जमरा ग्रहण गरेका हुन् ।
शितल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्व र त्यसपछि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने कार्यक्रम थियो । प्रधानमन्त्री ओलीले बाढी पहिरो र विपद्का कारण परिवारका सदस्यहरुसँगबाहेक यसपटक टीका लगाउने कार्यक्रम नराखेको शुक्रबार नै जानकारी गराएका थिए।
शितल निवासमा टीका तथा जमरा ग्रहण गर्न उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतका मन्त्रीहरूपनि पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतले पनि राष्ट्रपति पौडेलको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन् ।
२६ असोज २०८१, शनिवार १९:३५ बजे प्रकाशित













