डडेल्धुरामा पहिराे खस्याे, भीमदत्त र केआईसिंह राजमार्ग अवरूद्व
अविरल वर्षापछि खसेकाे पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएकाे छ ।
बिहीबार राति खसेकाे पहिराले गन्यापधुरा गाउँपालिका-१ काे साहुखर्कमा भीमदत्त राजमार्ग अवरुद्ध भएकाे प्रहरीले जनाएको छ ।
साहुखर्कमा बिहीबार साँझदेखि नै पहिराे खसिरहेकाे थियाे । डाेजरले पन्छाएर सवारीसाधन सुचारू भइरहेका थिए ।
तर राति ११ बजे भने ठूलाे पहिराे खसेकाले अवराेध हटाउन समय लाग्ने देखिएकाे प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै राेकिएका छन् ।
यस्तै गन्यापधुरा गाउँपालिका-२ काे रडुवामा समेत पहिराे खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएकाे छ भने आलितालमा खसेकाे पहिराेले जाेगबुढा-बुडर सडक अवरुद्ध भएकाे छ ।
२८ भदौ २०८१, शुक्रवार ११:५६ बजे प्रकाशित