धनगढीको हवाई भाडा २ सय ५० रुपैयाँ घट्यो
धनगढी । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। काठमाडौं–सिमरा छोटो दुरी रहेकोमा ४५ रुपैयाँ र काठमाडौं–धनगढीसम्म २ सय २० रुपैयाँ सम्म घटेको हो ।
नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा एक सय ७० रुपैयाँ, भद्रपुरमा एक सय ५० रुपियाँ, विराटनगरमा एक सय २०, जनकपुरमा ६५, पोखरामा ८०, भरतपुर ५०, पोखरा ८० रुपैयाँ र भैरहवामा १०५ रुपैयाँले घटेको छ।
१९ भदौ २०८१, बुधवार १२:५२ बजे प्रकाशित