punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदुरपश्चिम विश्वविद्यालयले दियो सुदूरपश्चिम बाहिरका ३२ क्याम्पसलाई सम्बन्धन

Chaupati
safha napa

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयले ३२ निजि क्याम्पसलाई सम्बन्धन दिएको छ ।

गत वर्ष भदौमा दुई सय बढी क्याम्पसले सम्बन्धनका लागि आवेदन दर्ता गराएका थिए । तर विश्वविद्यालयले ३२ क्याम्पसलाई मात्रै सम्बन्धन दिएको हो ।

विश्वविद्यालयका सुचना अधिकारी सन्तोष विष्टले आवेदन दिएकामध्ये मापदण्ड पूरा गरेका ३२ क्याम्पसलाई पढाउनका लागि अनुमति दिइएको बताए । उनका अनुसार सम्बन्धन पाउनेमा वेस्टर्न कलेज एण्ड रिसर्च सेन्टर प्रा. लि. विरेन्द्रनगर १०, खजुरा सुर्खेत,सिद्धपाइला टेक्निकल कलेज प्रा।लि।विरेन्द्रनगर ०६, सुर्खेत,भेरी कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्ट प्रा. लि. नेपालगञ्ज १७, बाँके,सगुन कलेज अफ मेनेजमेन्ट प्रा.लि. नेपालगञ्ज १४, बाँके,टेक्निकल रिसर्च फर ट्रेनिङ इन्सिच्युट प्रा।लि। नेपालगञ्ज बाँके रहेका छन ।

त्यसैगरि सम्बन्धन पाउनेमा बेष्टर्न कलेज अफ विजनेश स्टडिज कोहलपुर ०५, बाँके,गेरूवा बहुमुखी क्याम्पस गेरूवा ०२, बर्दिया,श्री ज्ञान ज्योति मेनेजमेन्ट कलेज प्रा।लि।तुलसीपुर ०६, दाङ,वेष्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेण्ट प्रा.लि. गैडाकोट ०१, नवलपरासी,फोब्स कलेज प्रा।ल। भरतपुर, चितवन र गण्डकी एकेडेमी फाउण्डेशन प्रा.लि. पोखरा ०१, कास्की छन ।

त्यसैगरि गण्डकी कलेज अफ साइन्स, मेनेजमेण्ट एण्ड टेक्नोलोजी पोखरा, कास्की,एशियन इन्सिच्युट अफ टेक्नोलोजी एण्ड मेनेजमेन्ट स्कुल अफ इन्जिनियरिङ प्रा.लि. सातदोबाटो १५, ललितपुर,आर्केन कलेज ललितपुर २०, कुमारीपाटी, ललितपुर,दयानन्द कलेज, जाउलाखेल, लिलतपुर,काठमाण्डौ वर्ल्ड स्कुल अफ इन्जिनियरिङ एण्ड मेनेजमेण्ट सुर्यविनायक, भक्तपुर,शिक्षालय कलेज शिवनगर, लोकन्थली, भक्तपुर,रिलायवल कलेज मिनभवन, काडमाण्डौ,आदिम कलेज प्रा.लि. काठमाण्डौ ०७, चावहिल, हिमालय कलेज प्रा.लि. काठमाण्डौ ३५, कोटेश्वर, काठमाण्डौ,महर्षि कलेज नयाँबानेश्वर, काठमाण्डौ लाई सम्बन्धन दिइएको छ ।

त्यस्तैगरी एपेक्स मेनेजमेन्ट कलेज विरगञ्ज, पर्सा ,विरगञ्ज डेसिमल पब्लिक कलेज विरगञ्ज, पर्सा,मिथिला इन्सिटच्युट अफ टेक्नोलोजी जनकपुरधाम, धनुषा,इन्सिटच्युट अफ विजनश मेनेजमेन्ट कलेज लाहान, सिराहा,प्रणिता कलेज अफ मेनेजमेन्ट कलेज मर्चैया, सिराहा,बर्दिवास नवक्षितिज कलेज बर्दिजास, महोत्तरी,क्याम्ब्रिज विजनेश स्कुल विरेन्द्रनगर, सुर्खेत,कि स्टोन मेनेजमेन्ट कलेज प्रा.लि. कोहलपुर, बाँके,ज्ञानसुधा टेक्निकल कलेज रत्ननगर, चितवन ड्रिम्स कलेज भरतपुर, चितवन र राघवेन्द्र गौरव बहुमुखी क्याम्पस कृष्णनगर ०९, कपिलबस्तु लाई सम्बन्धन दिएको हो ।


२३ साउन २०८१, बुधवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु