धनगढीमा खोलामा एक युवक मृत फेला

धनगढी । कैलालीको धनगढीमा खोलामा डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ ।
धनगढी उपमहानगरपालिका–१ बसन्तटोल र वडा नम्बर ८ धनगढी गाउँको बिचबाट बग्ने खोलामा २६ वर्षीय पंकज लाभ डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
धनगढी–८ का उनी खोलामा मृत भेटिएका थिए। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१९ साउन २०८१, शनिवार १९:२२ बजे प्रकाशित