१२२ परीक्षार्थीको नतिजा रद्द

राष्ट्रिय परीक्षा बोर्डले १ सय २२ जना परीक्षार्थीको नतिजा रद्द गरिएको जनाएको छ । शुक्रबार सार्वजनिक कक्षा-१२ को नतिजामा नियमित तर्फका १ सय २ र ग्रेडवृद्धि परीक्षा दिने २० जना विद्यार्थीको नतिजा रद्द गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परीक्षामा चिट चार्ने लगायत आचारसंहिता र मर्यादा विपरितको कार्य गर्ने विद्यार्थीको परीक्षा तथा नतिजा रद्द गर्न सक्ने व्यवस्था छ । १ सय २२ जना बिद्यार्थीको सबै विषयको परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए ।

ती मध्ये पनि ४ जना विद्यार्थीको परीक्षा रद्द गर्दै आगामी एकवर्ष बोर्डले सञ्चालन गर्ने कुनै पनि परीक्षामा सहभागी हुन पाउने निर्णय गरिएको छ । परीक्षामा नियमति र ग्रेडवृद्धि गरी ४ लाख ९१ हजार ६१ विद्यार्थी सहभागी थिए । गत बैशाख १४ गते देखि २६ गतेसम्म देशभर कक्षा-१२ को परीक्षा सञ्चालन भएको थियो ।


१८ साउन २०८१, शुक्रवार १४:२९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु