ओलीले पाए दुई तिहाइ मत, बने शक्तिशाली प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् ।

आइतबार बसेको संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा गरिएको मत विभाजनमा ओलीले विश्वासको मत प्राप्त गरेका हुन् ।

कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो संसद्को दुई तिहाइ मत हो ।

उनको विपक्षमा ७४ मत परेको थियो । एक सांसद तटस्थ बसे । ओलीलाई एमालेसहित, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले विश्वासको मत दिए ।

माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहितका दलले विपक्षमा मतदान गरे ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।


६ साउन २०८१, आइतवार २०:५३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु