punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आर्थिक अभाव झेल्दै झलारी आयुर्वेद औषधालय

Chaupati
safha napa

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १० स्थित झलारी आयुर्वेद औषधालयलाई आर्थिक अभाव हुँदा सेवा बन्द हुने अवस्थमा पुगेका छन् ।

औषधीको व्यवस्था गर्न नसक्दा सञ्चालन हुँदै आएको पञ्चकर्म सेवा बन्द भएको औषधालयका कविराज जयराम शाहले बताउनु भयो “मालिस तेल विरामीलाई औषधालयबाट निःशुल्क रुपमा उपलव्ध गराइ पञ्चकर्म सेवा सञ्चालन गर्दै आएका थियौं” उहाँले भन्नुभयो, “तेल खरिद गर्ने आवश्यक बजेट नहुँदा सेवा बन्द गर्नु परेको छ ।”

संघीय सरकारबाट अनुदान रकम आउदा विगतमा औषधीको व्यवस्था मिलाउदै आएको उल्लेख गर्नु हुदै उहाँले हाल संघ, प्रदेश र नगरपालिकाबाट थोरै मात्रै बजेट आउदा विरामीको चाप अनुसार औषधी पुरयाउन पनि धौ धौं भएको बताउनु भयो । “केही पुरानो औषधी मौज्दाद हुँदा बिरामीलाई दिदै आएका छौं” उहाँले भन्नुभयो, “केही औषधी सकिएको छ, केही सकिने अबस्थामा पुगेको छ ।”

संघीय सरकारबाट चालु आबमा रु ८० हजार बजेट मात्रै औषधालय सञ्चालनका लागि आएको छ । नगरपालिकाबाट बजेटनै विनियोजन गरिएको छ । विनियोजन गर्ने अश्वासन पाईएको औषधालयका कर्मचारीको भनाई रहेको छ ।

औषधालयमा अम्लपित,पायल्स, उदररोग, स्वासप्रश्वास, बाथ, नशा, छाला सम्बन्धी रोगका विरामी बढी आउने गरेका छन । आब ०८०/८१ मा दुई हजार नौ सय ८९ विरामीले औषधालयबाट सेवा लिएका छन ।

औषधालयबाट पुरुष दुई हजार तीन सय ९१ र महिला पाँच सय ९८ ले सेवा लिएका छन । आब ०७९/८० मा छ हजार विरामीले सेवा लिएका थिए । गएको आर्थिक वर्षबाटै बजेटको अभाव हुदा विरामीको सङख्या घटेको बताइएको छ ।


५ साउन २०८१, शनिवार १५:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु