काठमाडौं महानगरले गर्यो आफ्नै कार्यालयको क्यान्टिनलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयको चमेना गृह (क्यान्टिन) लाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

काठमाडौं प्लाजामा रहेको नारायणी चमेना गृहमा बासी खाना बेच्ने गरेको र खाजामा खाद्य स्वच्छता कायम नगरेको भन्दै बुधबार २ लाख रुपैयाँ जरिवाना गर्दै कारबाही गरेको हो ।

उपभोक्ताबाट धेरै गुनासो आएपछि खाद्य प्राविधिक टोलीले पटक–पटक लिखित निर्देशन दिँदा पनि सुधार नभएपछि जरिवाना गरेको महानगर अनुगमन निरीक्षण अधिकृत नुरनिधि न्यौपानेले बताए ।

महानगरले काठमाडौं प्लाजाको सबैभन्दा माथिल्लो तल्लामा रहेको नारायणी क्यान्टिनलाई यसअघि २० फागुन २०८० मा पनि ५० हजार जरिवाना गराएको थियो ।


२६ असार २०८१, बुधवार १८:१७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु