मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ ।
उहाँले ६७ मत पाउनुभएको छ । विपक्षमा ३४ मत खसेको थियोे । प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका थिए ।
मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले मतदान गर्नुभयो भने जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।
२२ असार २०८१, शनिवार १७:१३ बजे प्रकाशित