सुदूरपश्चिममा अत्यधिक वर्षा हुने पूर्वानुमान, सतर्क रहन आग्रह

धनगढी । सुदूरपश्चिममा तीन दिनसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएको छ ।

महाकाली बेसिन कार्यालय अत्तरियाले सुदूरपश्चिममा अत्यधिक वर्षा हुने सम्भावना भएकाले तीन दिनसम्म सतर्क रहन सुदूरपश्चिमबासीलाई आग्रह गरेको छ।

सो कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार पहाडी जिल्ला अझ बढी जोखिममा हुनेछन् । पहाडका सातै जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकोले अझ बढी सतर्कता अपनाउनुपर्ने उनले बताए ।

मनसुन न्यूनचापीय रेखा केही दिन नेपालको दक्षिणी भूभागको आसपास रहने भएकोले २३ गते आइतबारसम्म वर्षा हुने अनुमान जल तथा मौसमविज्ञान महाशाखाले पनि गरेको छ।


२१ असार २०८१, शुक्रवार १६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु