बालेन र वडाध्यक्षबीच विवाद बल्झिदा नगर सभाको बैठक रोकियो

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह उर्फ बालेन र वडाध्यक्षबीच विवाद बढेपछि नगरसभा रोकिएको छ ।

मेयर बालेनले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन्।

उनले कांग्रेस–एमालेका जनप्रतिनिधिले विपी र पुष्पलालको नाममा करोडौँको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफूले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो। मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ। सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला। त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो।’


१४ असार २०८१, शुक्रवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु