सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
१३ असार २०८१, बिहीवार १०:५१ बजे प्रकाशित












