सन्दीप लामिछाने विश्वकप खेल्न वेष्टइण्डिज जाने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेल खेल्न जाने भएका छन् ।

वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काले जानकारी दिइ । खड्का अनुसार उनी त्यहाँ दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।

आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ ।


२८ जेठ २०८१, सोमवार ०८:१९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु