punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दायर

Chaupati
safha napa

धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर मालपोतका तत्कालीन प्रमुख मोहन स्नेही रसाइलीसहितका आठ जना विरुदमा मुद्दा दायर गरेको छ ।

आयोगले गैरकानुनी लाभ तथा हानी पुगाई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख रसाइलीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख रसाइली र नायब सुब्बा अग्नि बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्वेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशीलबहादुर रावल र बिमलबहादुर रावल विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्‍दा दायर भएको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) तथा दफा २२ को प्रतिबन्धात्मक व्यवस्था बमोजिम उनीहरू विरुद्ध २४ करोड ६ लाख ६९ हजार बिगो माग दाबी गरेको छ ।

कैलालीको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५–०–० ज.बि. (बिगाहा) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरिएको अख्तियारको दाबी छ ।


६ जेठ २०८१, आइतवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु