एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु

कैलाली । कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।


१ जेठ २०८१, मंगलवार १२:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु