बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरमार्फत काठमाडौँ लगियो

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका उनी अस्वस्थ भएपछि मंगलबार दिउँसो सेनाको हेलिकप्टरमा काठमाडौँ लगिएको हो ।

जम्कट्टेललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।


२५ वैशाख २०८१, मंगलवार १६:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु