मुख्यमन्त्री सोडारीले आज पनि लिन पाएनन् विश्वासको मत
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि शुक्रबार गरेको दोस्रो दिनको तयारी पनि असफल भएको छ ।
शुक्रबार गरेको प्रयास असफल भएपछि शनिबार गरेको तयारी पनि असफल भएको हो । शनिबार विश्वासको मत लिनका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि अनिश्चितका लागि स्थगित गरिएको छ । यससंगै मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने योजना पनि अनिश्चित बनेको छ ।
शुक्रबार एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न नसकेपछि विश्वासको मत लिन प्रयास असफल भएको थियो ।
शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको भन्दै नेकपा एमाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा देखिएको हो ।
बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको थियो ।
विश्वासको मतकै लागि आज आह्वान गरिएको प्रदेश सभा बैठक अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
२२ वैशाख २०८१, शनिवार १४:१० बजे प्रकाशित












