धनकुटामा ओलीमाथि हातपात

पूर्व–पश्चिम संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। भोजपुरबाट धनकुटा जानेक्रममा उनीमाथि हातपात भएको हो।

धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि स्थानीयवासी महेश राईले मुक्का प्रहार गरेकाे बताइएकाे छ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट आएका राईले ओली नजिकै पुगेर मुक्का प्रहारकाे प्रयास गरेकाे सामाजिक सञ्जालमा आएकाे भिडियाेमा देख्न सकिन्छ। एक मुक्का प्रहारकाे प्रयासलगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाले नियन्त्रणमा लिएका छन्।

 


२८ मंसिर २०८०, बिहीवार १७:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु