सुनको भाउले आज पनि बनायो रेकर्ड

आज नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार तोकेको भाउले रेकर्ड बनाएको हो।

आज मंगलबार सुनको मूल्य तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ। सोमबारको मूल्यमा तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ उच्च भएको हो। तेजाबी सुनको मूल्य १ लाख १७ हजार १५० रुपैयाँ कायम भएको छ।

चाँदीको भाउ भने सोमबारकै मूल्यमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको १ हजार ५ सय रुपैयाँ प्रति तोला कारोबार भएको थियो।


१२ मंसिर २०८०, मंगलवार १२:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु