घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


८ मंसिर २०८०, शुक्रवार ११:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु