मुगुमा एकै परिवारका ४ जना मृत फेला

मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो।

प्रहरीका अनुसार २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, अर्का १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा मृत फेला परेका हुन्।

उनीहरूको शव शुक्रबार आफ्नै घरमा फेला परेको हो ।

घटना बारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।


१० कात्तिक २०८०, शुक्रवार १६:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु