अढाई महिना पछि सुदूरपश्चिममा आज प्रदेश सभा बैठक बस्दै

कैलाली । सुदूरपश्चिम प्रदेश सभा बैठक आज दिउसो २ बजेका लागि आह्वान गरिएको छ । दिउसो २ बजे बस्ने बैठकको कार्यसूची तयार गर्न ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।

आज करिब अढाई महिना पछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यस अघि २१ फागुनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो ।

त्यसपछि आज सम्म अर्को बैठक बसेको छैन।


६ जेठ २०८०, शनिवार ०७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु