कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको चुरे गाउँपालिका–६ को बयला–डुग्रेनी कच्ची सडकखण्डमा सुपप्र०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चालक चुरे गाउँपालिका–३ का ३८ वर्षीय दानबहादुर सिजाली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त ट्याक्टरको ट्रलीमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।


२३ चैत २०७९, बिहीवार २२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु