अस्थायी एकदिवसीय मान्यता प्राप्त नेपालसहित ८ टिमले खेल्दैछन् २०२३-२७ विश्वकप लिग-२
आइसिसी विश्वकप क्रिकेट क्वालिफायर प्लेअफ सकिएसँगै आगामी चार वर्षका लागि अस्थायी एकदिवसीय मान्यता प्राप्त गर्ने सबै टिमको टुंगो लगेको छ।
आइसिसीले भविष्यमा नियम फेरबदल नगरेको अवस्थामा सन् २०२७ सम्मका लागि नेपालसहित ८ टिमलाई अस्थायी एकदिवसीय मन्यता हुनेछ।
नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, नेपाल, नामिबिया, अमेरिका, युएई र क्यानडा गरी आठ टिमलाई आगामी चार वर्षका लागि एकदिवसीय मान्यता हुनेछ।
आइसिसीका स्थायी १२ सदस्य सम्मिलित विश्वकप सुपर लिग खेलेको नेदरल्यान्ड्सले स्वतस् एकदिवसीय मान्यता पाएको थियो। आइसिसी विश्वकप लिग-२ को शीर्ष पाँचमा परेका स्कटल्यान्ड, ओमान, नेपाल, नामिबिया र अमेरिकाले पनि एकदिवसीय मान्यता जोगाएका थिए।
युएई र क्याडनाले भने विश्वकप क्वालिफयार प्लेअफबाट एकदिवसीय मान्यता प्राप्त गरे। लिग(२ मा असफल भएको युएईले क्वालिफायर प्लेअफबाट एकदिवसीय मान्यता जोगायो। च्यालेन्ज लिग जित्दै क्वालिफायर प्लेअफमा स्थान बनाएको क्यानडाले पनि पपुवा न्युगिनी र जर्सीलाई पछि पारेर एकदिवसीय मन्यता पाएको हो।
आइसिसीको अहिलेसम्मको निर्णयअनुसार यी आठ टिमबीच सन् २०२७ को विश्वकप छनोटको रुपमा रहेको लिग-२ हुनेछ। तर आइसिसीले अहिलेसम्म अस्थायी मान्यता प्राप्त आठ टिमका लागि गर्ने प्रतियोगिताको फर्म्याट औपचारिक रुपमा घोषणा गरिसकेको छैन।
अघिल्लो सिजनको लिग-२ मा सात टिमले ९ त्रिकोणात्मक सिरिज खेलेका थिए। तीन(तीनलाई समूह बनाएर प्रत्येक देशमा तीन सिरिज आयोजना भएका थिए। एक टिमले ३६ एकदिवसीय खेल खेलेका थिए।
यसपटक भने आठ टिम भएकाले सिरिजको फर्म्याट तय भइसकेको छैन। आठ टिम भएकाले यसपटक टिमहरुले बढी एकदिवसीय खेल खेल्ने अपेक्षा गरिएको छ।
२३ चैत २०७९, बिहीवार २१:५३ बजे प्रकाशित












