punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो, दोब्बर हुनसक्छ मृतक

Chaupati
safha napa

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ।

यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित हुने जनाएको छ।

यही फेब्रुअरी ६ मा टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो। भूकम्पका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ। संयुक्त राष्ट्रसंघले यो संख्या दोब्बर हुन सक्ने बताएको छ।

अहिले पनि भग्नावशेषबाट धेरै मानिस जीवितै फेला परेका अचम्मका घटना सार्वजनिक भइरहेका छन्।

यसैबीच टर्की सरकारले भवन निर्माणमा लापरबाही गरेको र सुरक्षा नियमलाई बेवास्ता गरेको आरोपमा हालसम्म ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जानकारी दिएको छ। बीबीसी


२ फागुन २०७९, मंगलवार ०७:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु