एमालेको सचिवालय बैठक जारी, समानुपातिक सांसद टुंगो लगाउने

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

बैठकबाट सामानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदको नामावली टुंगो लगाउने तयारी छ ।

निर्वाचन आयोगले दलहरूले बुझाएको बन्दसूचीबाट सामानुपातिक सांसदको नाम टुंगो लगाएर पठाउन आज अपराह्नसम्मको समय दिएको छ । एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकबाट ३४ सिट प्राप्त गरेको छ ।


२४ मंसिर २०७९, शनिवार १४:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु