punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरीफन्टा नाकाबारे भारतका प्रधानमन्त्रीसँग फेरि कुरा गरौंला: प्रधानमन्त्री देउवा

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि पुनस् भारतका प्रधानमन्त्रीसँग कुरा राख्ने बताएका छन्।

धनगढीमा बिहीबारदेखि सुरू भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

देउवाले यसअघि आफ्नो भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसित यस नाकाको स्तरोन्नतिबारे कुरा राखेको बताए।

उनले भारतीयले दुधवा राष्ट्रिय निकुञ्जलाई महत्वपूर्ण मान्ने भएकाले नाकाको स्तरोन्नति हुन ढिलाइ भएको र यसबारे उपाय निकाल्न सकिने बताए।

नाका हुँदै पलिया पुग्ने बाटाहरू वैकल्पिक भएकाले पुनस् भारतसँग छलफल गर्ने उनले बताए।

कोभिडले धेरै ठूलो समस्या पारेका स्मरण गर्दै देउवाले आफूले खोप ल्याउँछु भनेर बोलेको कुरा पूरा गरेको बताए।

डोटीलगायत यस प्रदेशमा भुइँचालोले जनधनको क्षति भएको विषयमा देउवाले पीडितका दुख पीडामा सहभागी भएर सरकारले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे।

देउवा महोत्सवको उद्घाटन गरेर काठमाडौं फर्किएका छन्।


२२ मंसिर २०७९, बिहीवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु