नेकपा एसका काठमाडौं जिल्ला सदस्य श्रेष्ठसहित ६ जना एमालेमै फर्किए

नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित छजना नेकपा (एमाले) मै फर्किएका छन् । सोमबार बसुन्धारामा आयोजित एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमा फर्किएका हुन् ।

उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गरे ।

 


१४ कात्तिक २०७९, सोमवार २०:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु