घरदैलो गर्दै आशिर्वाद माग्दै स्वतन्त्र उम्मेदवार भण्डारी
चुनाव नजिकीएसंगै उम्मेदावारहरु घरदैलो कार्यक्रममा व्यस्थ छन् । कैलाली क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले प्रचार–प्रसार अभियानलाई तीब्रता दिएका छन् । अहिले घरदैलो गर्दै उनले धनगढीको आफ्नो क्षेत्रमा मतदातालाई भेटेर मत माग्ने कार्यलाई तीब्रता दिएका हुन् ।
घरदैलोका क्रममा आफूलाई भोट दिएर जिताउन आग्रह गर्दै उनी बृद्धवृद्धाबाट आशिर्वादसमेत मागिरहेका छन् । एकपटक आफूलाई जिताएर कामको परीक्षण गरी हेर्न आग्रह गर्दै भण्डारी युवाहरुलाई साथमा लिँदै बृद्धबृद्धाबाट आशिर्वाद मागिरहेका हुन् ।
मनोनयन दर्तापछि मतदाताको घरदैलोमा पुगिरहेका भण्डारीले सोमबार विहान वडा नम्बर ५ हसनपुर क्षेत्रमा घरदैलो गरे । घरदैलोका क्रममा आफ्नो उम्मेदवारीलाई लिएर सबै उत्साहित भएको आफूले पाएको उनले बताए । भाषण भन्दा पनि जोस जाँगर भएका युवाहरु अगाडि आउनुपर्ने धारणा सबैको रहेको उनको भनाइ छ ।
सबैको शुभेक्षा र आशिर्वाद आफूलाई रहेको दाबी गर्दै उनले भने, ‘सधैँ जनताको साथमा छु, भोलि पनि रहनेछु । धनगढीबासीले बुझेका छन् ।’
१४ कात्तिक २०७९, सोमवार १३:३० बजे प्रकाशित












